पनौती । गत शनिबार इन्द्रेश्वर क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १ दिने “व्यवस्थापन शिक्षा र उदाँउदो चुनौतीहरु” विषयमा राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्रा. डा. दिलिप पराजुली, सहप्राध्यापक डा. प्रकास श्रेष्ठ, उप प्राध्यापक डा.मछिन्द्र थापा र नेफ्स्कुनका कार्यकारी अधिकृत शिवजी सापकोटाले विषयवस्तु माथि गहन प्रशिक्षण दिनुभएको थियो । काभ्रे जिल्लामा रहेका काभ्रे बहुमुखी क्याम्पस, पार्वती बहुमुखी क्याम्पस, सञ्जीवनी क्याम्पस, दाप्चा श्रीकृष्ण क्याम्पस, निष्ट बनेपा कलेल, चैतन्य बहुमुखी क्याम्पस, बनेपा कलेज अफ म्यानेज्मेन्ट एन्ड आईटी, र पनौतीमा रहेका सहकारी संस्थाका कर्मचारी तथा व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रशिक्षकहरु सहायक डिन प्रा. डा. दिलिप पराजुली, सहप्राध्यापक डा. प्रकास श्रेष्ठ, उप प्राध्यापक डा.मछिन्द्र थापा बाट व्यवस्थापनको परिभाषा, यसमा आएका नयाँ आयमहरुको चर्चा, उदाँउदो चुनौतीहरु र यसको निवारणका उपायहरु, बदलिदो विश्व परिवेश अनुसारको शिक्षा, शिप तथा सूचना प्रविधिको प्रयोगबाट संघ संगठनहरुको व्यवस्थापनमा हुने फाइदाहरुको परिचर्चा गरिएको थियो भने सहकारी क्षेत्रमा चलिआएका व्यवस्थापनका विषयमा प्रशिक्षक शिवजी सापकोटाबाट वर्तमान समयमा आएका समास्या र यसका सम्भावित उपायहरुको चर्चा गरिएको थियो ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालले कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दे कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकार र सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागी प्राध्यापकहरुले कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक रहेको प्रतिक्रिया दिनुभएको थियो ।
