बनेपा । सामाजिक विकृति–विसंगति र मानसिक चिन्तालाई न्यूनीकरण गर्ने उद्देश्यले एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महर्षी फाउण्डेसनले आयोजना गरेको भावातित ध्यानको औचित्य र आवश्यकताका बारेमा प्रकाश पार्नुहुँदै माधब प्रसाद अर्यालले योग र ध्यानका बिषयमा चर्चा गर्नुभएको थियो । विशिष्ट अतिथि प्राडा विद्यानाथ कोइरालाले चिन्तालाई चिन्तनमा परिणत गर्न सकेमा मात्र मानिसले मुक्तिको मार्गमा लान सक्ने सम्भावना रहेको बताउनुहुँदै जिवन कर्कलाको पानी जस्तै छ कर्कलाको पातको पानी पातमा छ तर पात त्यसमा अडिग छैन बिषयमा चर्चा गर्नु भएको थियो ।
प्रमुख अतिथि दीपकप्रकाश बास्कोटा वेदको मर्म बुझ्न जरुरी छ । वेद मानिसको मार्ग निर्देशक हो भन्नुहँुदै वेदले बताएको अष्टांग योग मध्ये ज्योतिष र वास्तु पनि एक हो जसको घरमा वास्तु बिग्रेको हुन्छ त्यो घरमा शान्ति हुँदैन । त्यसैले वास्तुको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *