पनौती । एम्नेष्टी समूह ७२ पनौतीले पनौती नगरपालिका “विद्यालयस्तरिय मानव तथा बाल अधिकार शिक्षासम्बन्धी कार्यक्रम” सुरु गरेको छ ।
एम्नेष्टी अन्तर्राष्ट्रिय नेपाल मानव अधिकार संरक्षण, प्रवद्र्धन र समावेशी सामाजिक जनचेतना अभिबृद्धिमा सक्रियरुपमा कार्यरत एक अन्तर्राष्ट्रिय संस्था भएकााले एम्नेष्टी समूह–७२ पनौतीले मानवअधिकार सम्बन्धी कार्यक्रम २०८२ जेष्ठ ३० गतेबाट पुण्य माविबाट सुरुवात गरि सबै विद्यालयहरुमा गर्ने लक्ष्य लिएको छ। पुण्य माविका शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थियो ।
शिक्षक विद्यार्थीहरु गरि कक्षा ८ देखि १० सम्ममा १०० जनाभन्दा माथि उपस्थित भइ सहभागी जनाएका थिए । उक्त प्रशिक्षणमा समूह ७२ का संयोजक अधिवक्ता जमुना पसछे र अधिवक्ता तारा श्रेष्ठले विद्यमान परिस्थितीमा मानव अधिकारको र बाल अधिकारसम्बन्धी प्रशिक्षण गराउनु भएको थियो।
समूह ७२ बाट सचिव हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष रामकुमार बस्नेत, सह–सचिव सन्तोष हुमागाई, अधिवक्ता तारा श्रेष्ठ, प्रताप ताम्राकारको उपस्थिती थियो भने विद्यालयको तर्फबाट शिक्षक शिक्षिकाहरुको उपस्थितीमा शिक्षक बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन दिनुभएको थियो भने विद्यार्थीहरुको रोचक सहभागीता देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *