• ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । बढ्दो रगतको अभावलाई हटाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले काभ्रे जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने एउटा विशेष अभियानको शुरुवात गरेको छ ।

गत आइतबार बनेपामा आयोजित एक कार्यक्रमका बीच वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले निःशुल्क रगत उपलब्ध गराउन अक्षयकोष स्थापनार्थ रकम संकलन अभियानको घोषणा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जहाँ दुःख त्यहाँ रेडक्रस भनेझैं नागरिकलाई विभिन्न समयमा आएका दुःखमा रेडक्रसले अभिभावकत्व लिएर सहयोग गरेको चर्चा गर्नुभयो । भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपत्तीमा रेडक्रसले निकै सहयोग गरेको स्मरण गर्दै उहाँले पछिल्लो पटक काभ्रे शाखाले थालेको अभियान निकै उपयोगी रहेको उल्लेख गर्नुभयो । उहाँले यस अभियानमा प्रदेश सरकारले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अक्षयकोष खडा गर्ने अभियान सबै जिल्ला शाखाले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

रेडक्रसका सात सिद्धान्तहरुमा आधारित रहेर देशभर रहेका रेडक्रसकर्मी, जुनियर रेडक्रस, युवा रेडक्रस सर्कललगायतले गरिरहेका सामाजिक कामलाई निरन्तरता दिँदै अघि बढ्न उहाँले अनुरोध गर्नुभयो । यसअघि पनि वागमती प्रदेश सरकारले १३ वटै जिल्लाका शाखाहरुलाई सहयोग गर्दै आएको र बिरामीलाई दिइएको रगत निःशुल्क उपलब्ध गराउँदै त्यसमा लाग्ने खर्च प्रदेश सरकारले बेहोरिरहेको उल्लेख गर्नुभयो । रेडक्रसमा लागेका व्यक्तिहरु कुनै पनि दल वा पेशाप्रति लक्षित हुन नहुने बताउँदै उहाँले स्वतन्त्ररुपमा काम गरेमा सबैबाट सहयोग पाइने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभियानको सफलताको शुभकामना दिँदै काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रेडक्रसको अभियान एकदमै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आवश्यक परेमा जुनसुकै सहयोग गर्न जिल्ला प्रशासन तयार रहेको बताउँदै विशेषगरि विपद्को समयमा रेडक्रसको भूमिका पवित्र रहने गरेको उल्लेख गर्नुभयो । उहाँले सबैले यस अभियानमा सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसको अभियानमा बनेपा नगरपालिका पनि साथमै रहेको बताउनुभयो । उहाँले विगतमा पनि बनेपाले रेडक्रसलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी रहने जानकारी दिनुभयो । पछिल्लो पटक रेडक्रसले शुरु गरेको अभियान निकै राम्रो भए पनि दुई करोडको अक्षयकोषबाट आउने ब्याजले जिल्लाभरीलाई निःशुल्क रगत दिन नपुग्ने भन्दै यसमा पुनर्विचार गरि बृहत कार्यक्रम गर्न सुझाव दिनुभयो । यसका लागि नगरपालिका सहयोगका लागि सधैं तयार रहेको पनि उहाँको प्रतिबद्धता थियो । साथै व्यक्तिगतरुपमा ५० हजार नगद सहयोगको घोषणा पनि गर्नुभयो ।

यस अभियानमा न्यूनतम दुई करोड संकलन गरि अक्षयकोष खडा गर्ने र त्यसबाट आउने ब्याजबाट जिल्लाभर रगतको अभाव हुन नदिन कार्यक्रम गरिने लक्ष्य रहेको रेडक्रस काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैलले जानकारी दिनुभयो । अभियान अन्तर्गत करिब ५० जना व्यक्ति र संघसंस्थाले सहयोगको घोषणा गरिसकेको र केहीले रकम पनि उपलब्ध गराइसकिएको उहाँले जानकारी दिनुभयो । आफूले पनि यस अभियानमा ५५ हजार ५५५ नगद सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा रेडक्रसका उपशाखाका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा रेडक्रसलाई विभिन्न समयमा विभिन्न शीर्षकमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।

अक्षयकोषमा ७४ लाखको प्रतिबद्धता
नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले जिल्लाबासीहरूका लागि बहुप्रतीक्षित ब्लड बैंकका लागि २ करोडको अक्षय कोषमा सहयोग गर्नेहरुको नाम सार्वजनिक गरेको छ । हालसम्म ७४ लाख रुपैयाँभन्दा धेरैको प्रतिबद्धतासहित १० लाख जति नगद कोषमा जम्मा भइसकेको नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले जनाएको छ। अक्षय कोष स्थापनाका लागि वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले ब्यक्तिगत ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

ब्लड बैंकबाट जिल्ला भरिका अस्पतालहरू, ट्रमा सेन्टर, मातृ तथा शिशु अस्पतालहरू, सुत्केरीहरू, दुर्घटनाका पीडितहरू र दीर्घरोगीहरूलाई तुरुन्तै राहत पुग्ने बताइएको छ ।कोषका लागि वागमती प्रदेश सरकारबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ५० हजार, पनौती नगरपालिका वडा नम्वर २ का राजेश लामाले ५५ सय ५५, उद्वव पौडेल मण्डनदेउपुरबाट २५ हजार ५ सय ५५, टोमप्रसाद सापकोटा मण्डनदेउपुर ७ बाट २५ हजार २५, देशसुधार, लोकसुधार, नेपाल सुधार, रविन्द्र र भगवान सागर भैल बनेपामार्फत संयुक्तरुपमा ५० हजार १ सय ५, रामप्यारी श्रेष्ठ बनेपा ७ मार्फत २५ हजार ५ सय ६० रुपैयाँ सहयोग घोषणा गरिएको छ ।

रेडक्रस बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा ५ लाख, साँगा उपशाखा २ लाख, नाला उपशाखा २ लाख, मंगलटार उपशाखा ३ लाख, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य ५० हजार ५ सय ५५, निर्मल स्याङतान खानीखोला ३० हजार, देवेन्द्र भैल, जिल्ला सभापति ५० हजार १ सय, भिमप्रसाद दाहाल पाँचखाल नगरपालिका ११ हजार १ सय ११ सहयोगको प्रतिबद्धता आएको छ ।

त्यस्तै सुरकृष्ण बैद्य बनेपा ९ मार्फत ५० हजार १, मोहन चौ प्रधान र उर्मिला चौ प्रधान बनेपा ७ मार्फत २५ हजार १०, विजयराम कर्माचार्य पनौती ७ बाट १ लाख ११ हजार १ सय ११, रत्नकुश रञ्जित बनेपा ८ बाट १ लाख १ हजार १ सय, विभिन्न ३८ वटा उपशाखाबाट ३८ लाख रुपैयाँ जम्मा भएको छ । गोकुल बाँनिया बनेपा ११ मार्फत २५ हजार ५, आलोक मल्ल नेपालगञ्जबाट २५ हजार १ सय ५५, पुष्पा खड्का बस्नेत २५ हजार ५ सय ५०, प्रदीप केसी पनौती ८ बाट २५ हजार ५ सय ५५, राजु ताम्राकार पनौती ७ बाट २५ हजार ५ सय ५५, बेदप्रसाद कोँजु धुलिखेल ६ बाट २५ हजार, ज्ञानबहादुर तामाङ तेमालबाट २६ हजार १ सय, कृष्णबहादुर श्रेष्ठ पनौती २५ हजार ५ सय सहयोग भएको छ ।

टंकप्रसाद हुमागाई पनौती कुशादेवी २७ हजार ७ सय ७७, रामकृष्ण भण्डारी पनौती ९ बाट २५ हजार ५ सय ५५, तिर्थप्रसाद हुमागाई पनौती २ बाट २५ हजार ५ सय ५५, दुर्गा अधिकारी विराटनगरबाट ५१ हजार १ सय ११, गोपाल रोहिका बनेपा ७ बाट २५ हजार ५ सय ५५, कुमार कार्की बनेपा १२ बाट २७ हजार ५ सय ७, सुर्वणदास श्रेष्ठ नमोबुद्ध ९ बाट ५० हजार १ सय १५, न्हुछेलाल, सावित्री र दिलकृष्ण मुनांकर्मी बनेपा ५ बाट २५ हजार ५ सय २५, धुर्व पलाञ्चोके बनेपा ७ बाट ३१ हजार १५ बाट पनि सहयोग भएको रेडक्रस जिल्ला शाखाले जनाएको ।

यस्तै सिद्धि कर्माचार्य बनेपा ४ बाट २५ हजार, विश्वनाथ ताम्राकार बनेपा ७ बाट २६ हजार, हिटलर शाक्य १ हजार, नेपाल रेडक्रस सोसाइटी बनेपा शाखा १० हजार १ सय, गणेशप्रसाद नेपाल मण्डनदेउपुरबाट २५ हजार ५, मोहनकृष्ण श्रेष्ठ बनेपा ७ बाट २५ हजार ५ सहयोग गरेका छन् । त्यस्तै देवीप्रसाद नेपाल मण्डनदेउपुरबाट २५ हजार ५ सय ५५, अर्जुनप्रसाद दाहाल मण्डनदेउपुर २५ हजार, गौरीशंकर मानन्धर बनेपा ७ बाट २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग भएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *