बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान २०८२ वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र काभ्रेली साहित्यकार डा. अनन्तप्रसाद अधिकारीलाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपालले अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि प्रत्येक वर्ष श्रष्टाको दम्पती सहित सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गर्दै आएको छ । यस वर्ष आगामी कार्तिक १ गते महाकवि देवकोटाको ११६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा डा.दाहाललाई श्रीमती चन्दा कोइराला दाहालका साथ र डा. अधिकारीलाई श्रीमती नर्वदा खनाल अधिकारीका साथ सम्मान गरिनेछ । सयपत्रीको दम्पत्ति सहितको राष्ट्रि सम्मानलाई सबैले रुचाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *