काभ्रे । ध्रुर्वबहादुर बिष्ट स्मृति प्रतिष्ठानले काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले सो पालिकाभित्र रहेका बिष्ट परिवारका जेष्ठ नागरिक र नगरका प्रत्येक वडाबाट १ ÷ १ जना नागिरकलाई सम्मान गरेको हो ।
प्रत्येक वडाको एक जना फरक क्षमता भएका नागिरकलाई पाँच हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै विष्ट परिवारबाट एक जना जेष्ठ नागरिक सम्मानित भएका संस्थाले जनाएको छ ।
कात्तिक २९ गते नगर प्रमुख टोकबहादुर वाइवाको प्रमुख आतिथ्यता र नगर उपप्रमुख बिष्णुमणि नेपालको विशेष आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नवराज बिष्टले गर्नुभएको थियो ।
