सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले श्रमिकहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोष अपरिहार्य रहेको बताउनु भएको छ ।
आइतबार नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन), सिन्धुपाल्चोकद्वारा मेलम्चीमा आयोजित सामाजिक सुरक्षाको अवस्था र आवश्यकता विषयक मुद्दामा आधारित तालिम कार्यक्रममा नगरप्रमुख तामाङले श्रमिकहरूको हकहित संरक्षणका लागि मेलम्ची नगरपालिका सधैं सकारात्मक रहेको बताउनु भयो ।
उहाँले सामाजिक सुरक्षा कोषमा श्रमिकको पहुँच बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन)का पदाधिकारीहरू तथा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
