काभ्रे । कान्तिपुर अस्पताल सुबिधानगर तिनकुनेको प्राविधिक सहयोग तथा कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्रमा पुस १२ गते एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा ३९१ जना बिरामीहरुले निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श प्राप्त गरेको कान्तिपुर स्वास्थ केन्द्र सिपाघाटका सञ्चालक श्याम खड्काले बताउनु भयो । शिविरमा सेवा लिन आउने बिरामीहरुलाई निःशुल्करुपमा औषधि वितरण पनि गरिएको थियो ।
शिविरको दिन ल्याब तथा एक्स रे सेवामा ५० प्रतिशत छुट पनि दिएको सञ्चालक खडकाले बताउनु भयो। यस्ता शिविरले गाउँघरमा लुकेर रहेका रोग तथा बिरामीहरुको पहिचान तथा रोगको निदान हुने हुँदा यस्तो पुन्य कार्यमा कान्तिपुर स्वास्थ्य केन्द्र सदैव तयार रहेको पनि बताउनु भयो ।
यस्तै ३० वटा बाफ लिने मेसिन स्टिमर पट पनि सिपाघाटमा रहेको इन्द्रावती गङ्गा सहकारी संस्थाका विपन्न सदस्यलाई र ३० वटा स्थानीयहरुलाई निःशुल्क वितरण पनि गरियो। साथै कान्तिपुर स्वास्थ्य केन्द्र सिपाघाटबाट २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्दै आएकाले जुनसुकै समयमा पनि नागरिकको सेवामा तयारी अवस्थामा रहेको पनि सञ्चालक खडकाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *