काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जंगलमा बुधबार बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको छ ।
बानेश्वरस्थित नेचर हब कम्पनी लिमिटेडका कर्मचारीहरु वनभोज खाएर फर्कने क्रममा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ । बसमा झण्डै ३५ देखि ४० जना यात्रुहरु सवार थिए ।
दुर्घटनामा घाइते भएका मध्ये चार जनाको मृत्यु भएको छ । घाइतेहरुको उद्दार गरी विभिन्न अस्पताल लगिएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन् । जसमा १६ जना महिला र ११ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
