सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र रिमिस को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा सम्पन्न गरिएको छ । गत सोमबारबाट शुभारम्भ गरिएको तालिम बिहीबार सकिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, रिमिस की देशीय प्रमुख पुजा शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले तालिमको उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो ।
तालिममा मेलम्चीका बिभिन्न वडाका सहभागीहरूको उपस्थिति रहेको थियो । तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।
