काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् ।

सोही नगरपालिका–७ कुन्तावेशी बस्ने पाँचखाल नगरपालिका–१ घर भएका ३२ वर्षीय सुजन तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

बा.प्र ०३–००७ प ९२९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरी चौकी हिँगुवापाटीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *