काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम र जनमतलाई सहजरूपमा स्विकार्ने बताएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिइरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मतदाताको फैसला शिरोधार्य हुने उल्लेख गरेका छन् । विगतको सशस्त्र द्वन्द्व र ‘बुलेट’ को राजनीतिबाट उदाएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा स्वागत गर्दा देखाइएको संयमतालाई स्मरण गर्दै उनले अहिले ‘ब्यालेट’ (मतदान) बाट आएको रास्वपालाई पनि सोही रूपमा स्वागत गर्ने बताए ।
उनले भनेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ । बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहो¥याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत ।’
उनले यो परिणामलाई वि.सं. २०७९ सालकै निर्वाचनले दिएको संकेतको निरन्तरताका रूपमा चित्रण गर्दै यसलाई अप्रत्याशित नभएको पनि बताए । नयाँ शक्तिप्रति जनताको ठूलो आशा रहेको भन्दै उनले त्यो उत्साह निराशामा बदल्न नहुने सुझावसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *