महाभारत । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएको आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् ।
स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर मगर र मनमाया मगरको गरी ३ घर र २ गोठ जलेर नष्ट भएका हुन् ।
आइतबार राति आगलागी भएको थियो । जसमा १३ वटा बाख्रा, एक भैंसी, ४० वटा कुखुरा तथा घरमा रहेको अन्न र लत्ता कपडा लगायत धनमालको पूर्ण क्षति भएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
आगलागीबाट क्षति भएका घरपरिवारलाई पालिकाको तर्फबाट खाद्यान्न लगायतका केही राहात सामग्री वितरण गरिएको छ। थप सहयोगका लागि सबैमा पालिका अध्यक्ष जिम्बाले अनुरोध गर्नुभएको छ ।

