पनाैती । सुभाष स्मृति प्रतिष्ठानले आफ्नाे बाइसौं साधारण सभा सम्पन्न गरेकाे छ । गत फागुन ३० गते पनाैतीमा आयाेजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएकाे हाे ।

इतिहासकार दिनेशराज पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान पनि गरिएकाे थियाे । संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काकाे सभापतित्वमा कार्यक्रम भएकाे थियाे ।

सम्मानित हुनेमा विश्व उलक, विष्णु सिल्वाल, अरुण केसी, लिलादेवी श्रेष्ठ, कुमाले मिजार, अमर केसी, ओमप्रसाद थपलिया, कालिका त्रिपाठी , प्रेमबहादुर प्रधान , सूर्यप्रसाद लाकोजु र निर्मला श्रेष्ठ हुनुहुन्छ ।

साेही कार्यक्रमकाे सन्दर्भ पारेर पनाैती नगरपालिकाका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबीच निबन्ध लेखन प्रतियाेगिता पनि भएकाे थियाे । जसमा प्रथम हुने सुभम थिङले नगद ५०००, द्वितीय हुने सगर्व न्यौपानेले ४०००, तृतीय हुने साया मगरले ३००० र सान्त्वना हुने मल्लिका श्रेष्ठले २००० पुरस्कार पाए ।

कार्यक्रममा संस्थाकाे आर्थिक प्रतिवेदन प्रस्तुत, पुस्तक सार्वजनिकीकरण, विभिन्न व्यक्तिहरुद्वारा मन्तव्य, निर्णायकहरुलाई आभारपत्र प्रदान साथै प्रमुख तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *