सिन्धुपाल्चोक । मध्यपूर्वमा जारी युद्धका कारण बजारमा दैनिक उपभोग्य सामान अभाव हुन नदिन मेलम्ची नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।
अनुगमन अघि बजार अनुगमन समितिको बैठक बसी उपभोक्तालाई दैनिक उपभोग्य सामानको अभाव हुन नदिन र बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको आतिथ्यता, उपप्रमुख उमा प्रधानको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको थियो । बैठकपछि उद्योग वाणिज्य संघ उपभोक्ता संरक्षण मञ्च तथा नगरपालिका र जिल्ला प्रशासनको संयुक्त टोलीले बजार अनुगमन गरेको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
नगरपालिकाले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय वस्तु उपलब्ध गराउन यस्ता अनुगमन नियमितरुपमा जारी राख्ने जनाएको छ ।अनुगमनमा उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल लगायत सरोकारवाला हुनुहुन्थ्यो ।
