बनेपा । विद्या सागर स्कुलमा गत शुक्रबार वार्षिक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा विद्यार्थीले आफूले सिकेका ज्ञानलाई अभिभावक, विद्यार्थी र शिक्षकसमक्ष प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा सीप, सिकाई र दैनिक जीवनसँग जोडिने विषयवस्तुलाई महत्वका साथ राखिएको थियो । पाठ्यक्रममा आधारित सिकाईलाई व्यवहारमा उतार्नु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रिन्सिपल हिराशर्मा नेपालले बताए । यस स्कुलले विद्यार्थीरुलाई सिपमुलक नैतिक शिक्षा, संस्कृती, आफ्नो परम्परा, संस्कारयुक्त शिक्षा दिँदै आएको उनको भनाइ थियो ।

बनेपाको विगत, वर्तमान र भविष्यमा आधारित रहेर विद्यार्थीले डकुमेन्ट्री निर्माण गरेर प्रस्तुत गरेका थिए । एआईमार्फत तयार गरिएको परिकल्पनाको शहरमा बनेपालाई सुशासनसहितको, सफा र व्यवस्थित शहरको परिकल्पना गरिएको छ ।

नेवारी पोशाकमा सजिएका विद्यार्थीले ऐतिहासिक चण्डेश्वरी जात्राको रथ निर्माण गरी धार्मिक महत्वका बारेमा जानकारी गराएका थिए । साथै साँस्कतिक सम्पदाको संरक्षण र महत्वलाई पनि विद्यार्थीले उजागर गरेका थिए ।

दैनिक जीवनसँग सम्बन्धित आर्थिक पक्षलाई व्यवस्थित गर्न विद्यार्थीले वेवसाइट नै निर्माण गरेर आर्थिक कारोबार पारदर्शी बनाउने उपाय सुझाएका थिए । प्रदर्शनीमा सिपमा आधारित सिकाई टपरी बुन्ने, बत्ति बनाउने, खानाका विभिन्न परिकार बनाउने लगायतका सीप पनि विद्यार्थीले प्रस्तुत गरेका थिए । अभिभावकहरुलाई सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरुले मनोरञ्जन पनि प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *