काठमाडौँ । सरकारले हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थामा लागू हुने बताइएको छ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको र निर्णय गत सोमबारदेखि नै लागू भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछन् ।
