सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २, ३, ४, ७, १०, ११ र १२ का विभिन्न बजार क्षेत्रमा गरिएको हो ।

अनुगमन टोली ५० भन्दा बढी पसल, किराना स्टोर, होटल–रेस्टुरेन्ट, औषधि पसल, भेटेरिनरी लगायतका व्यवसायिक स्थानहरूमा पुगेको थियो । अनुगमनका क्रममा खाद्यान्न, उपभोग्य सामग्री, म्याद गुज्रिएका वस्तु, मूल्य सूची, स्वच्छता तथा तौल–मापनको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा म्याद सकिएका सामग्री हटाउन, मूल्य सूची अनिवार्यरूपमा टाँस्न, दर्ता गरेर मात्र सञ्चालन गर्न, स्वच्छता कायम राख्न तथा उपभोक्ता अधिकारको संरक्षण गर्न सम्बन्धित व्यापारीहरूलाई सचेत गराइएको छ । अहिले सचेत मात्रै गराइएको र पुनः अनुगमन गर्दा पनि अटेर गरेमा बन्दसमेत गर्न बाध्य हुने चेतावनीसहित निर्देशन दिइएको छ ।

स्थानीय तहले नियमितरूपमा बजार अनुगमन जारी रहने तथा उपभोक्ता हितलाई प्राथमिकतामा राखेर आवश्यक कारबाही तथा निर्देशनहरू लागू गरिने जनाएको छ । अनुगमनमा गाउँपालिका उपाध्यक्षसहित विभिन्न शाखाका कर्मचारीहरु, प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *