पनौती । काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीको २६ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यार्थीहरुले ब्यवहारिक शिक्षासँगै प्रयोगात्मक र अतिरिक्त कृयाकलापमा संलग्न भई सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष जगन्नाथ अवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्यहरु बालभक्त प्रधान, शान्तिराज कायश्थ, रामशरण लुईटेल, भुवनकाजी मानन्धर, इन्द्रबहादुर श्रेष्ठ, काभ्रे मावि बनेपाका प्रिन्सिपल कुमार मानन्धर लगायतका विभिन्न विभागका प्रमुखहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले विद्यालयले बार्षिक प्रतिवेदन प्रस्तुत गरी शैक्षिक गतिविधि तथा आगामी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी प्रतिनिधि विनिता घिमिरे, अभिभावक, शिक्षक नितामाया थोकर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
