बनेपा । चण्डेश्वरी मन्दिर परिसरमा रहेको हर्षनारायण कर्माचार्यको घरमा १ दिने धार्मिक प्रवचन एबम सत्संग समारोह सम्पन्न भएको छ । श्रद्धेय नेपाल महर्षि बैदिक फाउण्डेशनको प्रबक्ता भरतराज पौडेलले प्रमुख अतिथि तथा मुख्य बाचक रहनुभएको समारोहमा बिश्व हिन्दु महासंघ बनेपा नगर समितिको अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा सञ्चालन भएको थियो ।
समारोह बिश्व हिन्दु महासंघ बनेपा नगर समितिका सचिव श्रीकृष्ण घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अतिथि बिश्व हिन्दु महासंघ बागमती प्रदेशको सचिव अर्जुन सापकोटा र विश्व हिन्दु महासंघ काभ्रेका उपाध्यक्ष तथा मातृशक्ति बिभागका प्रमुख मन्जु घिमिरेले बिश्व हिन्दु महासंघ बारे सारगर्भित मन्तब्य राख्नुभएको थियो । बिश्व हिन्दु महासंघ काभ्रे जिल्ला शाखाको सदस्य गोविन्दप्रसाद घिमिरे तथा बिभिन्न वडाहरूबाट आउनु भएका महानुभावहरुको सहभागिता रहेको सभामा सहसचिव लक्ष्मण काफ्लेले सदस्यहरुको नाम लेखेर अतिथि एबम सहभागीहरुको स्वागत गर्नु भएको थियो । उपाध्यक्ष पुनमाया कर्माचार्य र सदस्य एकलक्ष्मी गौतमले खादा ओढाएर सम्मान गर्नु भएको थियो । राष्ट्रको सम्मान स्वरूप सामुहिक राष्ट्रीय गान गर्नु भएको थियो ।
समारोहको शुरुवात अध्यक्ष सिध्दिबहादुर कर्माचार्यले स्वागत मन्तब्य राख्दै गर्नु भएको थियो । स्थान र चिया खाजा बिश्व हिन्दु महासंघ बनेपा नगर समितिको सदस्य हर्षनारायण कर्माचार्यले गर्नु भएको थियो । समारोहले बैदिक सनातन, परम्परागत हिन्दु धर्मको रक्षार्थ बिशेष भूमिका निर्वाह गर्नु पर्ने निक्र्यौल गरिएको थियो । धर्मो रक्षति रक्षित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *