पनौती । मानेश्वरी ब्वाइज क्लवको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह आयोजनामा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि पनौती क्षेत्रिय रंगशालामा भएको छ ।
अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा स्मृति कपका बारेमा जानकारी गराउँदै प्रतियोगिताको ब्यवस्थापन, सहभागि टिम तथा पुरस्कारका बारेमा जानकारी गराइएको थियो । नेपालका प्रतिष्ठित ए र बि डिभिजनका क्लवहरु, छिमेकी जिल्लाका क्लवहरु विभागिय टिम गरी १५ भन्दा धेरै टिमको सहभागिता रहनेछ ।
उक्त प्रतियोगितामा विजयी हुने टिमले नगद २ लाख सहित ट्रफि, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद १ लाख सहित अन्य पुरस्कार प्राप्त गर्नेछ । अनुशासित क्लव, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट प्रतिरक्षक, खेल अवधिभरको उत्कृष्ट खेलाडीका लागि २ लाख ५० हजार नगद पुरस्कार उपलब्ध गराइनेछ । पुरस्कारका लागि ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।
२०३८ साल कार्तिक ५ गते जन्मिएका लक्ष्मीनारायण खिंबञ्जार ९लक्ष्य०को २०८० फागुन ६ गते निधन भएको थियो । पनौती युवा क्लव, महालक्ष्मी युवा क्लव, काभ्रे जिल्ला फुटबल संघ, मानेश्वरी ब्वाईज क्लव, विश्राम समाज, पनौती ब्याडमिन्टन तथा कर्भड हल ब्यवस्थापन समितिमा विभिन्न जिम्मेवारी पुरा गरेका लक्ष्मी नारायण मानेश्वरी ब्वाइज क्लवमा अध्यक्ष रहँदा नै निधन भएको थियो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, वडाअध्यक्ष सविन ताम्राकार, विश्राम समाजका अध्यक्ष ओमकृष्ण श्रेष्ठ, पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठ, विश्राम समाजका सचिव सिजन सुद्दाकार लगायतले मन्तब्य राखेका थिए ।
