धुलिखेल । नियमित रुपमा यस वर्ष पनि विभिन्न स्रष्टाहरुलाई शब्दयात्रा प्रकाशनले सम्मान गरेको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।
उहाँले क्याप्टेन टिकाराम–रामेश्वरी चालिसे प्रतिभा पुरस्कारबाट वनस्पति विज्ञ डा. तिर्थबहादुर श्रेष्ठ, शब्दयात्रा कृष्ण जोशी, भोजपुर पुरस्कारबाट गीतकार श्याम तमोट, शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कारबाट साहित्यकार अनन्त कोइराला, शब्दयात्रा दुर्गाप्रसाद–युगला आध्यात्मिक साहित्य पुरस्कारबाट आध्यात्मिक लेखक टहलदास शिवाकोटी ‘यात्री’, शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिना प्रतिभा पुरस्कारबाट प्रशासक हुमकला पाण्डे, शब्दयात्र सूर्यप्रसाद श्रेष्ठ कर्मशील पुरस्कारबाट इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरी र शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक पुरस्कारबाट शिक्षासेवी तथा कवियत्री निर्मलाकुमारी योगल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा पत्रकार प्रदीप केसी, गीति भाष्कर मच्छेश्वर सापकोटा, शिक्षासेवी रामप्रसाद अधिकारी, चयन समितिका संयोजक लोकेन्द्र ढकाल लगायत कालिका त्रिपाठी पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सोही अवसरमा ‘मान्छेभित्रको मान्छे’ कविता संग्रहको पुस्तक सार्वजनिकीकरण गरिनुको साथै पुस्तकका लेखक प्रकाश खड्काद्वारा धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गरिएको थियो ।
