धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका १५ हजार ९ सय ५७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
नेपाल सरकारको निर्णय अनुसार माघ २२ गतेदेखि राष्ट्रिय अभियानको रुपमा विद्यालय जाने ६ कक्षादेखि १० कक्षा सम्म र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयबाट पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप लगाउन शुरु गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।
पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ५ सय ९ छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका ४ सय ४८ लाई दिइने जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने जानकारी दिए ।
फाल्गुन ६ गतेसम्म सञ्चालन हुने १५ दिने अभियानको लागि विद्यालयलाई नै खोपकेन्द्र तोकिएको छ । विद्यालय बाहिर ४ स्थानमा खोपकेन्द्र सञ्चालन गरिनेछन् । प्रत्येक स्थानीय तहमा २ जनाका दरले सुपरभाइजर र १ सय ७० जना स्थानीय सुपरभाइजर खटिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *