चौंरीदेउराली । जिल्लाको चौंरीदेउराली गाउँपालिकाले स्थानीय बेरोजगार व्यक्तिहरूको तथ्यांक संकलन गर्न सूचना जारी गरेको छ ।
रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ३ बमोजिम गाउँपालिकाले बेरोजगार व्यक्तिहरूको सूचीकरण गर्न लागेको हो । सूचनाअनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले आवश्यक कागजातहरूसहित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । आवेदकहरूले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ ।
निवेदन दिने व्यक्तिको उमेर १८ देखि ५९ वर्षसम्म हुनुपर्ने र निवेदक वा निजको परिवारको वार्षिक आय न्यूनतम एक लाखभन्दा कम भएको हुनुपर्ने उल्लेख गरिएको छ । साथै निवेदकले आफ्नो परिवारका सदस्यहरूको विवरण, सामाजिक सुरक्षा भत्ता वा अन्य सरकारी कोषबाट सुविधा नपाएको जानकारी पनि उल्लेख गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *