बनेपा । एकीकृत बचत तथा ऋण सहकारी संस्थाको आ.व ०८१÷८२ को अर्धवार्षिक समिक्षा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा अरुणोदय मा.विको सभाकक्षमा सम्पन्न कार्यक्रममा उपसमितिका पदाधिकारी, सल्लाहकार, कर्मचारी वर्गलाई संस्थाका उपाध्यक्ष रविनभक्त स्याउलाले स्वागत मन्तव्यराख्नुभएको थियो ।
कार्यक्रममा आ.व. ०८१÷८२ को अर्धवार्षिक वित्तिय विवरण र पौषसम्मको आर्थिक गतिविधि संस्थाका कोषाध्यक्ष ज्ञानदास श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । साथै बार्षिक योजना र बजेटमा तय गरिएको लक्ष्यसंग अर्धवार्षिक प्रगतिको तुलना गर्दै प्रस्तुती गर्नुभएको थियो । जसमा शेयरपूँजी २,५२,७०,८००÷– बचत २१,३९,६७,२८२.२७ ऋण १४,५५,२६,८१२÷– र कुल सम्पत्ति २५,८६,८८,३८३.२४ रहेको जानकारी गराइएको थियो । संस्थाका अन्य विविध पौष महिनासम्मको कार्यसम्पादन र गतिविधीहरु सचिव भरत राउलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्ततिर विगत ६ वर्षदेखि कार्यरत कर्मचारी सुजित श्रेष्ठलाई उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित बिदाई गरिएको थियो ।
