पनौती । काभ्रेपलाञ्चोक– पुण्यवती यातायात कम्पनीले सोमबारदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले पनौती नगरपालिकाको खोपासी र शंखुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।
खोपासी र शंखुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शंखु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा उद्घाटन गर्नुभयो । हाल दुई रुटबाट पाँच÷पाँच वटा इभी माइक्रोले सेवा दिने कम्पनीले जनाएको छ ।
पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको इभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *