धुलिखेल । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ ।
मंगलबार बिहान काभ्रेको धुलिखेल नगरपालिका–१० सारदाबतासे स्थित विपी राजमार्गमा बाग्मती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
बसमा सवार चालक र सहचालकसहित १८ जना घाइते भएकोमा उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो । दुर्घटनास्थलमा उद्धारका लागि अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरिक्षक हरिबहादुर काफ्लेको कमाण्डमा ४ जना ट्राफिकसहितको टोली खटिएको थियो । बसमा २४ जना यात्रुहरु रहेको र घाइतेहरू मध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको छ । उनीहरुको टाउकोमा चोट लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *