बनेपा । काठमाडौंको महाराजगंजमा कार्यालय रहेको युटर्न इन्टरनेशनलले आफ्नो स्थापनाको पाँचौं वर्षको अवसर पारेर काभ्रेको बनेपा–४ स्थित नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माविका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
कक्षा ७ देखि १० सम्मका १४० जना छात्रालाई निःशुल्क प्याड वितरण गरिएको संस्थाकी काभ्रे जिल्ला संयोजक रुकु बजगाईंले जानकारी दिनुभयो । बिहीबार विद्यालयमै गएर संस्थाले उनीहरुलाई सेनेटरी प्याड वितरण गरेको हो ।
किशोरीहरुलाई जनचेतना फैलाउने उद्देश्यले यसरी प्याड वितरण गरिएको बजगाईंको भनाइ छ । यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेले बताउनुभयो । आगामी दिनमा पनि संस्थाले यस्ता काम गर्ने संयोजक बजगाईंको भनाइ छ । युटर्न इन्टरनेशनल अन्तर्राष्ट्रियस्तरमा विगत ५ वर्षदेखि आफ्ना उत्पादनहरुको बजारिकरण गर्दै आएको कम्पनी हो ।
