भुम्लु । भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ ।
गाउँपालिकाले वडा नं १, २, ३ मा संचालित गाउँपालिका तीय, पदेशगत एवम संघीय विकास निर्माणका निर्माणाधीन योजनाहको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा स्थलगत अनुगमन गेको हो ।
सम्बन्धित क्षेत्रका वडाअध्यक्ष, संयोजक, प्राविधिक तथा इन्जिनियरहरुको उपस्थितिमा वडाहरुमा निर्माणाधीन खानेपानी, सिँढी, पुल, बाटो, कल तथा अन्य योजनाहरुको अनुगमन गरिएको हो । उपभोक्ता समितिहरुबाट सम्पन्न भएका निर्माणाधीन विभिन्न योजनाहरुको प्रभावकारिता जाँच्नका लागि अनुगमन गरिएको हो । गाउँपालिकाले योसँगै अन्य वडामा पनि अनुगमनलाई निरन्तता दिने क्रम जारी रहेको उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्र भइरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको तामाङले बताउनुभयो । अनुगमनका क्रममा देखिएका त्रुटीहरु सुधार गर्न निर्देशन पनि दिइएको उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिनुभयो । निर्माणाधीन योजनाहरुको स्थलगत अनुगमनमा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्री, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर लालसिंह बिक, प्राविधिक बालकृष्ण खड्कालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *