काठमाडौं । नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति विस्तार भएको छ ।
काठमाडौंको तीनकुनेमा एक कार्यक्रम गरेर कांग्रेस काभ्रेले बद्रिराज तिमल्सिना सभापति रहेको कार्यसमिति विस्तार गरेको हो ।
समितिको उपसभापतिमा नमोबुद्धका कृष्णबहादुर लामा, सिर्जना खनाल, भुम्लुका एकबहादुर बुढाथोकी, सचिवमा तेमालका राजनप्रसाद मैनाली, बेथानचोकका उद्धव तिमल्सिना, सहसचिवमा पनौतीका सुरेन्द्र फौंजु, भुम्लुका वीरेन्द्र लामा, मण्डनदेउपुरका बैकुण्ठ डोटेल र कोषाध्यक्षमा रोशीका राजन गौतम रहेका छन् ।
सदस्यमा बनेपाका राजन दाहाल, विश्वमान वादे, धुलिखेलका प्रदिप धिताल, राजु लामा, विरता श्रेष्ठ, पाँचखालका सरोज श्रेष्ठ, पनौतीका दिपक थापा, अनिता अधिकारी, भवानी थापा, राम सुनुवार, कृष्ण गोच्छे, सुनिल दुवाल, मण्डनदेउपुरका विष्णु नेपाल, भरत सापकोटा, दिनेश घोरसाइने, सम्राट पराजुली, रामप्रसाद पौडेल, रमेश कुँवर रहेका छन् ।
यस्तै तेमालका वीरबहादुर दोङ, रामलाल तामाङ, नमोबुद्धका अभिजित स्याङतान, राज स्याङतान, रेशम वर्देवा, रोशीका पदम लामा, सुमन लामा, मौसमी लामा, हरिबहादुर मोक्तान, मिकराज लामा, ठूलोकान्छा तामाङ, अभिषेक तामाङ, खानीखोलाका राजकुमार घिसिङ, बेथानचोकका दिना स्याङतान, गोविन्द तिमल्सिना, भुम्लुका सुदर्शन पराजुली र महाभारतका इन्द्रबहादुर मोक्तान छन् ।
