काभ्रे । नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीमा बृहत्त निःशुल्क स्वास्थ शिविर सम्पन्न भयो ।
बनेपास्थित CWC पोलिक्लिनिकको प्राविधिक एवं औषधी उपलब्ध गराईएको CWC का कार्यालय प्रमुख किरण घिमिरेले जानकारी दिनुभयो ।
शिविरमा जनरल स्वास्थ परिक्षण, सुगर जाँच, ब्लड ग्रुप चेक जाँच, फिजियो थेरापी गरिनुका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । सो शिविरमा ७६ जना प्रहरी जवानहरूको स्वास्थ परिक्षण गरिएको डि. एस. पि. मदन थापाले बताउनुभयो ।
