बनेपा । बनेपा वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्यको विशेष आतिथ्यतामा पूर्व काँध खोला, पश्चिम चारदोबाटोबाट पनौती जाने रातोपुल सडक, उत्तर ताम्राकार पुल र दक्षिण पुण्यमाता खोलाको चारकिल्ला रहेको गोदामचोक टोल सुधार संस्था गठन भएको छ ।
उक्त टोल सुधार संस्थामा प्रदीप केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरिएको छ । जसको सचिवमा प्रल्हाद बहादुर बस्नेत, कोषाध्यक्षमा जमूना घिमिरे र सदस्यहरुमा श्याम श्रेष्ठ, रोमप्रसाद न्यौपाने, कल्याण पलाञ्चोके, कमल तामाङ, उर्मिला तिमल्सिना र सुमना ताम्राकार रहनुभएको छ भने सल्लाहकारमा हरिचन्द्र अधिकारी, रुद्रप्रसाद शर्मा, सुशिलकुमार प्रजापति र शिवप्रसाद बञ्जारा रहनुभएको छ ।
सो संस्था गठनबाट टोलका चारकिल्लामा विकास निर्माणका काम र विभिन्न सामाजिक कार्य गर्न सकिने गरी बनेपा नगरपालिकाले ड्राफ्ट गरेको विधान बमोजिम सञ्चालन हुने वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *