मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुरमा स्कार्पियो जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बा १८ च ९९५९ नम्बरको स्कार्पियोले टिपरलाई साइड दिने क्रममा पैदलयात्रुलाई ठक्कर दिएको थियो। स्कार्पियोका चालक भने फरार छन् ।
