कुन्तावेँसी । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ खस्रे गुरुङ गाउँ सामुदायिक होमस्टे र लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिका वडा नम्बर–३ को दक्षिण एसियाकै नमुना होमस्टे घलेगाउँबीच मितेरीसम्बन्ध कायम गर्नको लागि प्रस्ताव पेस गरिएको छ ।
नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाको उपस्थितीमा वडा नम्बर ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगार्इं र लमजुङको क्व्होलासोथर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अस्मिर गुरुङबीच मितेरीसम्बन्ध कायम गर्ने प्रस्ताव गरिएको हो ।
यसलाई पूर्णता दिएर दुवै वडाबीच भगेनीसम्बन्ध कायम गराउने प्रयासमा दुवै पालिका लागिपरेका छन् । यसले दुई जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसअघि पनि मण्डनदेउपुर नगर र जापानको फूजिनोमिया नगरबीच भगिनी सम्बन्ध कायम भइसकेको छ ।
