पनौती । विगत ३१ वर्षदेखि समुदायमा निरन्तर वित्तीय सेवा प्रदान गर्दै आएको यस सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, काभ्रेपलाञ्चोकमा कार्यरत तीन जना कर्मचारीहरुबाट संस्थाको नीति, नियम र कानून उलंघन गरी संस्थाको रकम हिनामिना भएको जानकारी दिन संस्थाले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– एक जना कर्मचारीले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैले उपयोग गरेकोमा साँवा तथा ब्याज रकम सम्पूर्ण असुल भएको छ । एक जना कर्मचारीले अपचलन गरेको रकम असुली भईसकेको साथै अर्को एक जना कर्मचारीले अपचलन गरेको रकम असुलीको क्रममा रहेको र छानविन प्रकृया जारी रहेको जानकारी गराइएको छ ।
संस्थामा २०८० बैशाख १९ गते डाँका चोरी भयो । त्यसको १२ दिन भित्र चोर समातियो र त्यसलाई कानूनी कार्वाहीको प्रकृयामा लगियो । बाह्य व्यक्तिहरुबाट संस्थामा चोरी हुँदा त संस्थाले कानूनी प्रकृयामा ल्याउन सफल भयो भने हाल संस्थाका कर्मचारीहरुबाट भएको अपचलनको व्यहोरा खाताबन्दी गर्दा त थाहा हुन्थ्यो नै तथापी हाम्रो व्यवस्थापनले त्यसभन्दा अगाबै पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ ।
संस्थाको रकम अपचलन भएको विषयमा दोषी प्रति संस्था र संस्थाको सञ्चालक समितिले कुनै किसिमको राजनैतिक संरक्षण तथा स्वार्थ राखेको छैन र यस्तो गलत काम र प्रवृत्तिको लागि नेतृत्व र व्यवस्थापन संरक्षण गर्ने र जोगाउने पक्षमा नलागेको र नलाग्ने ब्यहोरा जनाउँदै प्रविधिक रुपमा जानकार व्यक्तिहरुबाटै गलत मनसाय राखी पदको दुरुपयोग गरी संस्थालाई हानी नोक्सानी पुर्याएकोले सञ्चालक समिति र व्यवस्थापनले थाहा पाउने वित्तिकै कार्वाही प्रकृया अघि बढाएको र उल्लेखित कर्मचारीहरु हाल निलम्बनमा छन् र छानविन प्रकृया सम्पन्न भए पश्चात सञ्चालक समितिले सहकारी ऐन, संस्थाको विनियम, नीति, नियमावली र प्रचलित कानून बमोजिम कार्बाही गरिने बताइएको छ ।
सदस्यहरुको बचत रकममा कुनै क्षति पुगेको छैन र हिनामिना भएको रकममा अधिकतम व्याज समेत जोडी दुई जनाबाट हालसम्म प्रमाणीत भएको विगो रकम असुल भईसकेको छ भने एक जनाबाट असुल हुनु पर्ने रकमको अधिकांश रकम असुल भईसकेको ब्यहोरा जानकारी गराइएको छ ।
नाम उल्लेख किन नगरिएको भन्ने प्रश्नमा संस्थाका अध्यक्ष मुकुन्द प्रसाद शर्माले पछि कानूनी कारवाही र संस्थाको नियम विनियम बमोजिम भएको हुँदा नाम उल्लेख नगरिएको बताउँदै संस्थामा कर्मचारीबाट हिनामिना भएको हो, रकम उठ्ने क्रममा छ उहाँले भन्नुभयो ।
हेर्नुहोस् संस्थाबाट सार्वजनिक गरिएको विज्ञप्तिः


