काठमाडौँ । नेपाल रेडक्रस साेसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखामा जेठ महिनाकाे १८ गते लक्जेम्बर्ग रेडक्रसकाे इन्टरनेशनल डिपार्टमेन्टका प्रमुख श्रीमान रेमी तथा प्रतिनिधि श्रीमती काेराेलिना र नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरुले शिष्टाचार भेटघाट र फिल्ड भ्रमण गर्नुभएकाे छ ।

उक्त अवसरमा नेपाल रेडक्रस साेसाइटी काभ्रेपलाञ्चाेक जिल्ला शाखाकाे तर्फबाट फिल्ड काेअर्डिनेटर मधुसुदन थापाले गत बर्ष असाेजमा गएकाे बाढी तथा पहिराेकाे कारणबाट जिल्लामा भएकाे क्षति र प्रभावितहरुकाे उद्दार, राहत र प्रतिकार्यमा जिल्ला शाखाले गरेका गतिबिधीहरुकाे बारेमा प्रस्तुतीकरण गर्नुभएकाे थियाे । साे क्रममा लक्जेम्बर्ग रेडक्रसका प्रतिनिधिहरुले नेपाल रेडक्रसले गरेकाे कार्यकाे उच्च प्रशंसा गर्दै समुदायमा थप गर्नु पर्ने कार्यहरुमा सहकार्य गर्ने सम्भावनाकाे बारेमा छलफल भएकाे छ ।

टाेलीले राेशी गाउँपालिकाकाे मंगलटार क्षेत्रमा बाढी र पहिराेले पुर्याएकाे क्षतिकाे अवलाेकन र उपशाखाका सदस्यहरुसँग समेत छलफल गरेकाे छ । जिल्ला शाखाका सभापति देवेन्द्रप्रसाद भैलले गत बर्षकाे बाढी पहिराेबाट प्रभावितहरुकाे पुनर्स्थापना र पुनर्लाभ सम्पन नहुँदै पुनः मनसुन सुरु हुने समय आइसकेकााले संकटासन्न समुदायलाई सहयाेग गर्न आह्वान गर्नु भएकाे छ भने लक्जेम्बर्ग रेडक्रसकाे टाेलीले त्यसमा सकारात्मक भई छलफल गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *