कुन्तावेसी । मण्डनदेउपुर नगरपालिकाको वडा नं ७ नौविसेमा बज्रयोगिनी मन्दिर निर्माणको लागि श्रीमद भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।
सप्ताहको ५८ औं खण्ड अन्तर्गत नौबिसेमा आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा १ करोडभन्दा वढी रकम संकलन भएको छ । जेठ १८ गतेदेखि २४ गतेसम्म संचालन भएको महायज्ञमा १ करोड १ लाख २ सय ६७ रुपैयाँ रकम संकलन भएको बताइएको छ ।
सापकोटाहरुको कूल पुजा गर्ने मन्दिर बज्रयोगिनी बनाउन भनेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पहिलो दिन अर्थात जेठ १८ गते रु १ लाख ५३ हजार २ सए ५३, दोस्रो दिन जेठ १९ गते ३ लाख ५७ हजार ९ सए ९४, तेस्रो दिन जेठ २० गते ७ लाख ३ हजार ४ सए ४०, चौथो दिन जेठ २१ गते १३ लाख ९ हजार १ सय ५८, पाँचौ दिन अर्थात जेठ २२ गते १७ लाख ३२ हजार ५ सय ३१ रुपैयाँ, छैठौं दिन अर्थात जेठ २३ गते २५ लाख ५८ हजार ५ सय ६३ र सातौं अर्थात अन्तिम दिन जेठ २४ गते ३२ लाख ८५ हजार ३ सय २६ गरी जम्मा १ करोड १ लाख २६७ रकम संकलन भएको सप्ताह मूल ब्यवस्थापन समितिका अध्यक्ष रामहरि सापकोटाले जानकारी दिए ।
सप्ताहमा नेपाल सरकारका पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटा, काभ्रेस्थित प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटा, मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइबा, पाँचखालका मेयर महेश खरेल लगायत बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मण्डनदेउपुर नगरपालिकाका सापकोटा बन्धुहरुको कूलायन पुजा गर्ने मन्दिरको निर्माण र व्यवस्थापनको लागि उक्त कार्यक्रमको आयोजना गरिएपनि कार्यक्रमको लागि मण्डनदेउपुर आशपासका थुप्रै श्रद्धालु भक्तजनहरुले महत्वका साथ हेर्दै र केहि अपनत्वसमेत लिंदै दान गरेको सप्ताह आयोजक मूल समितिका बलराम सापकोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *