जैशिथाेक । हेल्प नेपाल नेटवर्क काठमाडाैं र भक्तपुरकाे चाँगुनारायण नगरपालिकाकाे सहयाेगमा काभ्रेकाे मण्डनदेउपुर ११ का बाढीपीडितलाई अस्थायी आवास निर्माणका लागि जस्तापाता सहयाेग गरिएकाे छ ।
गत असोज ११ र १२ गतेको अविरल बर्षामा परी मण्डनदेउपुर वडा नं ११ का नागरिकको १५ घर र २० गोठ नष्ट भएका थिए । उहाँहरुको अस्थायी आवासका लागि जस्ताको टहरा निर्माण गरिदिन नेपाली कांग्रेसका नगर सभापति कश्यप पाैडेलकाे पहलमा पीडितलाई ९२ बण्डल जस्तापाता उपलब्ध गराइएकाे हाे । याे वडामा ४ जनाकाे मृत्यु भएकाे थियाे ।
सहयाेगी दुवै संस्थालाई सभापति पाैडेलले विशेष धन्यवाद दिनुभएकाे छ । यसमा हेल्प नेपालसँग समन्वय गराउने काममा कुबेरकाजी श्रेष्ठ र चाँगुनारायण नगरपालिकासँग समन्वय गराउन कांग्रेस बागमती प्रदेशका महामन्त्री एवं प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले पनि उल्लेख्य भूमिका खेल्नुभएकाे छ ।
