सिन्धुपाल्चोक । मेलम्ची युवा समूहको अनुरोधमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले डस्टबिन सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत केही थान फोहोर फाल्ने डस्टबिन सहयोग गरेको हो ।

लामो समयदेखि बजारमा विभिन्न सफाई अभियान चलाउँदै आएको मेलम्ची युवा समूहले ती डस्टबिनहरु स्थानीयवासीको समझदारीमा जनप्रतिनिधि र नगर उद्योगसहितको सहभागितामा शनिबार बजार क्षेत्रका विभिन्न भागमा राखेको छ । संख्यामा थोरै भए पनि यो सहयोगले अरु दाताहरुलाई पनि सहयोगको भावना विकसित गराउने मेलम्ची युवा समूहले अपेक्षा गरेको छ ।
यस समूहले नगरमा खुलेका र संचालनमा रहेका उद्योग र कारखानाहरुले सहयोग गर्ने हो भने शहरलाई सफा राख्न सहयोग पुग्ने जनाएको छ । अहिलेसम्म ती उद्योगहरुले कुनै सहयोग नगरे पनि वल्र्डलिंकले सहयोग गरेको भन्दै दाता कम्पनीलाई धन्यवाद दिएको छ ।

अहिले पाइएको डस्टबिनहरुको संरक्षण र सदुपयोगका लागि समूहले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । जन सरोकारका विषयलाई स्थानीय तहले पनि चासो राख्नु पर्नेमा जोड दिँदै समूहले सहयोगका लागि ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *