काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा हुस्सुको प्रभाव र कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *