चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा गहुँ बालीमा गुणस्तरीय बीउ उत्पादनसम्बन्धी कृषक पाठशाला संचालनमा आएको छ ।
जसमा किसानहरुको उल्लेख्य सहभागीता रहेको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
यस्तो पाठशालामा गहुँ बालीको गुणस्तरीय बीउ उत्पादन कसरी गरिन्छ भन्ने जानकारी दिइन्छ । जसबाट बीउमा परनिर्भरता रहेको काभ्रेका किसानले थोरै भए पनि राहात पाउन सक्ने कार्यालयको दाबी छ ।
