भकुण्डेबेसी । नमोबुद्ध नगरपालिका वडा नम्बर ३ मा रहेको ग्रामिण पाठशाला निजी विद्यालयमा विद्यार्थी बोक्न कवाड गाडी प्रयोगमा रहेको पाइएको छ ।
शुक्रबार बनेपाबाट भकुण्डेवेँसी जाने क्रममा सो बसका सबै सिटहरु थोत्रा भएको र पनि विद्यार्थी बोक्न प्रयोगमा रहेको पाइएको हो । अभिभावकबाट शुल्क मात्र लिने ? अनि सेवा सुविधा यही हो त ? लापरबाहीको यो हद ?, खै मानवीय संवेदनशीलता ?
तस्बीरमा देखिएका यी च्यातिएका र कवाडखानामा थन्किएको भन्दा पनि गएगुज्रेका सिट भएको यो बस । एउटा सिट होइन, दुई वटा मात्र पनि होइन । पूरै बसका सिटहरु यो हालतमा छन् । यो कुनै कवाडखानाको दृष्य भने होइन । काभ्रेको नमोबुद्ध नगरपालिका वडानम्बर ३ मा रहेको ग्रामिण पाठशाला निजी विद्यालयले विद्यार्थी बोक्ने स्कुल बस हो । जुन अहिले पनि नियमित संचालनमा छ ।
यस विद्यालयले कक्षा युकेजीको मासिक फि ३५०० उठाउँछ । तर यी सिटमा बसेर विद्यालय जाने बालबालिकाको मानसिकता कस्तो हुन्छ होला ? अनि अभिभावकबाट चर्काे शुल्क लिने र सुविधा यस्तो दिने ? यसको निगरानी कसले गर्ने ? अनुगमनकारी निकाय कहाँ छ ? अनि अभिभावकहरुले पनि यस विषयमा आवाज उठाउनु पर्दैन ? सबै निजी स्कुल खराब छन् भन्न खोजिएको होइन तर यतिसम्मको लापरबाही गर्न मिल्छ ?
यो विषयमा हामी निरन्तर फलोअप गर्नेछौँ । आज प्रत्यक्षरुपमा देखेर हामीले यसलाई समाचार बनायौँ । अब विद्यालय र अभिभावकको भनाइसहितको समाचार लिएर फेरि आउनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *