काभ्रे । जिल्ला बचत संघ काभ्रेको २७ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उदयराम कायश्थको अध्यक्षता तथा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्म २ सय ३९ वटा सहकारी संस्थामार्फत १ अर्ब २९ करोड ७८ लाख ६१ हजार ४ सय ८६ रुपैयाँ बचत गरेको छ भने ४७ करोड २६ लाख ९ हजार ४ सय ९७ रुपैयाँ ऋण लगानी गरेको छ । यसैगरि संस्थामा शेयर पुँजी ८ करोड २ लाख ९३ हजार, वित्तीय लगानी ५९ करोड र जगेडा तथा अन्य कोषमा ८ करोड ९२ लाख ६७ हजार ४ सय ६१ रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
सभामा सहभागीहरुले सहकारी संस्थाहरुमा देखिएका समस्या, सरकारले ल्याएको अध्यादेश, सहकारीको नियमन, ब्यवस्थापन र अनुगमन तथा शेयर सदस्यहरुले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश अध्यक्ष उद्ववप्रसाद सापकोटा, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य सुमन नेपाल, संघका सल्लाहकार इन्द्रप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोदकुमार न्यौपाने, राष्ट्रिय सहकारी बैकका संचालक सदस्य पार्वती कार्की, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे लगायतले सहकारी क्षेत्रका सकारात्मक अभ्यास र सुधार्नुपर्ने विषयका बारेमा धारणा राखेका थिए ।
सभामा बरिष्ठ उपाध्यक्ष सागर कपाली, सचिव सुरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समिति संयोजक शिवप्रसाद आचार्यले प्रस्तुत गरेका प्रतिवेदनहरुमा छलफलसहित पास गरिएको थियो । पछिल्लो समय केही सहकारी संस्थाहरु संकटमा पर्न थालेपछि संस्था आफैंले धितो सकार गर्ने नीति लिएको छ ।
सभामा बनेपा नगरपालिका क्षेत्रमा रहेका सहकारीको अनुगमन, सुशासन, प्रविधि र पारदर्शिताका लागि महत्वपूर्ण भूमिका खेलेका बनेपा नगरपालिका सहकारी शाखाका प्रमुख दिनेशकुमार पोखरेल, उत्कृष्ट ब्यवस्थापन कार्य गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृतहरु मध्ये लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मनोज रायमाझी, उत्कृष्ट कारोबार गर्ने खानीखोला गाउँपालिकामा रहेको सूर्यमुखी सहकारी, बनेपामा रहेको भक्तेश्वरी नारी चेतना साकोस र माईक्रो श्रमिक साकोस बनेपालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *