काभ्रे । सिटिजन लाइफ इन्स्योरेन्स बनेपा शाखाले आफ्ना एक जना बिमितलाई घातकरोग दाबी भुक्तानी गरेको छ ।
कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच रोशी गाउँपालिका–११, हाल बनेपा निवासी कृष्णमान तामाङलाई ५ लाख ९५९ रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कम्पनीका बनेपा शाखा प्रमुख ओमराज तामाङ, एजेन्सी मेनेजर अशोकबुद्ध लामा तथा कम्पनीका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले दुवै कान नसुन्ने समस्या भएका बिमित तामाङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
५ वर्ष पहिले बीमा गरेका तामाङलाई हालै मात्र दुवै कान नसुन्ने समस्या देखा परेको थियो । कार्यक्रममा प्रमुख व्यवसाय अधिकृत पोखरेलले बीमाका विभिन्न योजना हुने भएकाले यसबाट बचत पनि हुने र जोखिम बहन पनि हुने भएकाले सबैले बीमा गर्नुपर्नेमा जोड दिनुभयो । ढुक्क भएर बीमा गर्न अनुरोध गर्दै उहाँले सम्झौताअनुसार बीमा गरेपछि उपचार खर्चस्वरुप ५० लाखसम्म प्रदान गर्न सकिने कम्पनीको पोलिसी भएको जानकारी दिनुभयो । कम्पनीले ७ वर्षमा यस्तो रकम ५० करोड प्रदान भइसकेको बताउँदै उहाँले बीमा आफ्नो लागि मात्र नभइ आफ्नाका लागि भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बनेपा शाखा प्रमुख ओमराज तामाङले हरेक क्षेत्रको बीमा गर्नुपर्ने बताउँदै जीवन बीमाबाट कहिल्यै घाटा नहुने र अहिलेको समयमा त निकै उपयोगी भएको दाबी गर्नुभयो । एजेन्सी मेनेजर अशोकबुद्ध लामाले मान्छेहरुले मरेपछि मात्र बीमा रकम पाइने भन्दै भ्रम छरिएको र यस्ता घातकरोग तथा दुर्घटना बीमा पनि हुने भएकाले बीमा अनिवार्य रहेको तर्क गर्नुभयो । बिरामी कृष्णमान तामाङकी श्रीमती गुनमाया तामाङले आफ्नो श्रीमान घातकरोगबाट पीडित भए पनि सिटिजन लाइफ अर्को सहयात्री भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
प्राप्त एक तथ्यांक अनुसार नेपालमा यस्ता घातकरोगको उपचार गरेर वार्षिक ४ लाख नेपाली गरिबीको रेखामा पुग्ने र विश्वमा यो संख्या १२ करोड पुग्ने गरेको छ । त्यसैले सबैले बीमालाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रम जोड दिइएको थियो ।
