काठमाडौँ । प्रमुख राजनीतिक दलले स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न थालेका छन् ।
सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका दलले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार छनोट थालेका हुन् ।
कोशी प्रदेशमा गाउँपालिकाका एक अध्यक्ष र छ वडाध्यक्ष, मधेश प्रदेशमा छ वडाध्यक्ष, बागमती प्रदेशमा एक नगरपालिका प्रमुख, एक गाउँपालिका उपाध्यक्ष र एक महानगरपालिकाका वडाध्यक्षसहित पाँच वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । यस्तै गण्डकी प्रदेशमा एक वडाध्यक्ष, लुम्बिनी प्रदेशमा तीन वडाध्यक्ष, कर्णाली प्रदेशमा एक नगरपालिका उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडाध्यक्ष र सुदूरपश्चिम प्रदेशमा एक उपाध्यक्ष र चार वडाध्यक्षसहित ४४ पदमा उपनिर्वाचन हुँदैछ ।गोरखापत्रबाट
