बनेपा । जिल्ला सहकारी संघ काभ्रे पनौती सेवाकेन्द्रको आयोजनामा व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले संघको विषयमा जानकारी सहित संघले गर्ने र गरिएका गतिविधिहरु प्रस्तुत गर्नुभयो । सहभागीहरुबाट संघले प्रदान गर्ने सेवा सुविधा, हालै आएको अध्यादेश र राष्ट्र बैंकबाट जारी मापदण्ड, प्रविधिमा आधारित भएर सेवा प्रदान गर्नु पर्ने विषयमा जिज्ञासा, सुझावहरुमा छलफलहरु गरिएको थियो ।
सहभागीहरुको जिज्ञासा, सुझावहरुका विषयमा संघका अध्यक्षले जवाफ दिँदै संघलाई सरल र सहज रुपमा छिटो छरितो रुपमा प्रविधिमा आधारित भएर सेवा प्रदान गर्ने लगाएत आवश्यक सुझावहरु सम्बोधन गर्न आवश्यक कार्य गर्दै जाने श्रेष्ठले बताउनुभयो ।
पनौती सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठको सभापतित्व र संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सञ्चालक सदस्यहरु सुदर्शन अधिकारी, मोहनकुमार श्रेष्ठ, पुर्णसागर रञ्जित, प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठ, पनौती नगरपालिका, खानीखोला र बेथानचोक गाउँपालिकाका प्रारम्भिक संस्थाहरुका २७ जना प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *