बनेपा । आसन्न स्ववियू चुनावलाई लिएर काभ्रेका १५ वटा क्याम्पसमा ५ विद्यार्थी संगठनहरूले भागबन्डा गरेका छन् ।
सहमतिअनुसार अनेरास्ववियु र नेविसंघले ६÷६ सभापति र क्रान्तिकारीले ३ क्याम्पस सभापति बाँडेका छन् भने, अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ ।
यस्तै, अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य, धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ । काभ्रे बहुमुखी क्याम्पसमा भने मित्रवत प्रतिश्पर्धा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *