बनेपा । बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि बनेपाको वडा नं ६ ले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल गरेका पारस नेपाल म्यान अफ दि म्याच घोषित भए । उपाधिसँगै वडा नं ६ ले नगद १ लाख ५ हजार र उपविजेता वडा नं १४ ले नगद ५५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताभर उत्कृष्ट खेलाडी भने वडा नं १४ का वीरेन्द्र थापा घोषित भए । वडा नं ११ का प्रभात बोगटी उत्कृष्ट डिफेन्स, वडा नं ९ का पुनम आलेमगर उत्कृष्ट मिडफिल्ड घोषित भए ।
प्रतियोगिताका विजयी टिम, खेलाडी र प्रशिक्षकलाई नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा र वडा नं ९ की कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *