कुन्तावेसी । बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको संयुक्त सहयोगमा घरमा सीमित गृहिणी तथा दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने व्यावसायिक तालिम सम्पन्न गरिएको छ ।
यस वर्षको तालिममा विभिन्न वडामा फरक–फरक सीप सिकाइएको थियो । वडा नं। १ मा च्याउ खेती, वडा नं ४ र ११ मा चुरा पोते, धागो बनाउने, र वडा नं ७ मा झोल साबुन, हर्पिक र फिनेल बनाउने तालिम दिइएको थियो ।
तालिममा महिलाहरूको उत्साहजनक सहभागिता रहेको नगर उपप्रमुख विष्णुमणि नेपालले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा वडा नं २, ८, ९, १० र १२ मा यस्तै तालिम सम्पन्न गरिएको थियो । आगामी वर्षमा बाँकी वडाहरूमा पनि यो कार्यक्रम लागू हुने उहाँले जानकारी दिनुभयो ।
‘सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ संचालित यस्ता तालिमले दिदीबहिनीहरूलाई उद्यमी बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । आयोजकहरूले तालिमबाट सिकेको सीपमार्फत दिदीबहिनीहरूले आयआर्जन गरी आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
तालिमको दौरानमा केही उत्पादनहरू पनि तयार गरिएको छ । आयोजकले सबैलाई आफ्नो नगरमा दिदीबहिनीहरूले उत्पादन गरेका सामग्रीहरू खरिद गरी व्यवसायलाई प्रोत्साहन दिन अनुरोध गरेका छन् । यस पटकको तालिममा नगरका विभिन्न वडाका गरि एक सय महिलाहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *