काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाका किसानहरूको एक प्रतिनिधिमण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर रासायनिक मलको अभाव समाधान गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि मण्डलका रूपमा पुरुषोत्तम घिमिरे, जिएन सापकोटा, गोवर्धन थापा लगायतका कृषक तथा अभियन्ताहरूको उपस्थित भएको थियो । कृषिमन्त्री रामनाथ अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा किसानहरूले हाल रोपाइँको मुख्य सिजन सुरु भइसकेको समयमा काभ्रेमा मलको चरम अभावले खेती–पाती गम्भीररूपमा प्रभावित भएको उल्लेख गरेका छन् ।
प्रतिनिधिमण्डलका अनुसार काभ्रे जिल्ला काठमाडौँ उपत्यकालाई ताजा र सफा तरकारी आपूर्ति गर्ने प्रमुख स्रोत हो । यस्तो जिल्लामा समेत वर्षेनि मलको अभाव हुनु सरकारको नीतिगत कमजोरी र कृषिप्रतिको बेवास्ता हो भन्ने गुनासो किसानहरूले गरेका छन् ।
